आजको मौसम : दिनै भरी वर्षा हुने, बाढी तथा डुबानको सम्भावना


July 3, 2021 मा प्रकाशित

झापा, १९, असार ।। आज पनि दिनभर सामन्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिनभरी देशै भरी वर्षा हुने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । निरन्तरको बर्षाले पुर्वी नेपालका धेरै स्थानमा बाढी र डुबानको जोखिम हुन सक्ने महाशाखाले चेतावनी दिएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।हाल ईलाम,झापा, मोरङको धेरै स्थानमा भारी वर्षा भइरहेको र थप वर्षा हुने भएकाले सावधानी अपनाउन भनिएको छ । वर्षाका कारण मेचि,विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ । जोखिममा भएका बस्तीमा आज रातिसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here