
बिर्तामोड । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार बलराम कार्कीले उम्मेदवारी फिर्ता लिएपछि गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । झापा गोल्डकपको यस अघिको कार्यसमितिमा गिरी कोषाध्यक्ष तथा कार्की वरिष्ट उपाध्यक्ष थिए ।
गोल्डकपको वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) निर्वाचित भएका थिए । सचिव पद बुद्ध तामाङ तथा कोषाध्यक्षमा चन्द्रमणि कट्टेल निर्वाचित भएका छन् । त्यस्तै, सहसचिवमा विष्णु सिग्देल सर्वसम्मत भएका छन् ।
त्यस्तै, सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थापा, भूपेन्द्र भण्डारी, सुशील थापा, विसन लिम्बू, दिपेन चौधरी, शैलेन्द्र कुरुङबाङ र एजाज अहमद अन्सारी निर्वाचित भएका छन् ।