डोनाल्ड ट्रम्पले एआई नीति सल्लाहकारमा श्रीराम कृष्णनलाई ल्याउने


December 24, 2024 मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले हालसम्म एन्ड्रीसेन होरोविट्जमा जनरल पार्टनरका रूपमा काम गरेका श्रीराम कृष्णनलाई ह्वाइट हाउसको विज्ञान तथा प्रविधि नीतिका कार्यालयमा एआई कृत्रिम बुद्धिमत्ता नीति सल्लाहकारका रूपमा ल्याउने पुष्टि गरेका छन्।

ट्रम्पले एक वक्तव्यमा भने, “कृष्णनले सरकारभर एआई नीति निर्माण र समन्वय गर्न सहयोग गर्नेछन्, राष्ट्रपतिको विज्ञान तथा प्रविधि सल्लाहकारहरूको परिषदसँग मिलेर काम गर्नेछन्।”
श्रीराम कृष्णनले एक्स ९पूर्व ट्विटर० मा आफू हालै ट्रम्पद्वारा क्रिप्टो र एआई विभागका प्रमुख नियुक्त गरिएका पूर्व(पेपाल सीओओ डेभिड स्याक्ससँग नजिकबाट काम गर्ने लेखेका लेखेका रोयटर्सले उल्लेख गरेको छ।

“हाम्रो देशको सेवा गर्ने र एआईमा अमेरिकाको नेतृत्वलाई निरन्तरता दिन सक्ने मौका पाउनु मेरो लागि सम्मानको कुरा हो,” कृष्णनले लेखे। “डोनाल्ड ट्रम्प, यो अवसरका लागि धन्यवाद।”

कृष्णन एक उद्यमी र भेन्चर क्यापिटलिस्ट हुन्। उनले माइक्रोसफ्ट, ट्विटर, याहू, फेसबुक, र स्न्यापमा उत्पादन टोलीहरू नेतृत्व गरेका थिए। साथै, उनी र उनकी श्रीमती आरती राममूर्ति २०२१ मा “दि आरती एन्ड श्रीराम शो” ९पहिले “दि गुड टाइम शो”० नामक पोडकास्टका होस्टका रूपमा चर्चित भएका थिए।

कृष्णनको अर्बपति एलोन मस्कसँग नजिकको सम्बन्ध छ। उनले २०२२ मा मस्कले ट्विटर ९हाल एक्स० प्राप्त गरेपछि कम्पनी पुनर्निर्माणमा सहकार्य गरेका थिए। मस्क हाल सरकारको पुनर्संरचना र संघीय खर्च कटौती सिफारिस गर्ने नीति समूह “डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी” सह(नेतृत्व गर्छन्।

कृष्णनलाई फेब्रुअरी २०२१ मा बज्ञटश मा जनरल पार्टनर नियुक्त गरिएको थियो। २०२३ मा उनलाई लण्डन कार्यालय ९बज्ञटश को पहिलो गैर(अमेरिकी स्थान० नेतृत्व गर्न छनोट गरियो। उनले नोभेम्बरको अन्त्यमा त्यहाँबाट राजीनामा गरे।

गत वर्ष द न्यूयोर्क टाइम्समा आफ्नो विचार लेख्दै कृष्णनले हालको एआई प्रवृत्तिहरूबारे आफ्ना केही धारणा व्यक्त गरेका थिए। उनले वेबसाइटहरूले ओपनएआईको च्याटजीपीटी र अन्य एआई(सञ्चालित च्याटबोटहरूसँग ‘मूल्यको आदानप्रदान’ गर्नका लागि “मूलभूत रूपमा भिन्न मेकानिजम” को आह्वान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here