झापामा पुष्पलालको ४३ औं स्मृति दिवस सम्पन्न


July 22, 2021 मा प्रकाशित

बिर्तामोड, ७ साउन ।। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४३ ओै स्मृति दिवसका अवसरमा झापाको बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पुष्पलाल मित्रता केन्द्र झापाको आयोजनामा सम्पन्न कार्यक्रममा पुष्पलालका विचार र आजको कम्युनिष्ट आान्दोलनमाथि चर्चा भएको थियो ।

विर्तामोडमा आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा मित्रता केन्द्रका प्रदेश अध्यक्ष भास्कर काफ्लेको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि काफ्लेले पुष्पलाललाई गद्दार भन्ने प्रवृति आजपनि देखिएको बताउनुभयो ।
मित्रता केन्द्रका झापा अध्यक्ष मणि भण्डारीको अध्यक्षता तथा कृष्ण मिश्रको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले नेपाल समुहका झापा अध्यक्ष बेदराज रेग्मी, वामपंथी नेताहरु रोमणि भट्टराई, लोकबन्धु कन्दंवा, युवासंघका केन्द्रीय सचिव प्रत्युस रानालगायतले पार्टी स्थापना र पुष्पलालको योगदानमाथि चर्चा गरेको केन्द्रका जिल्लासदस्य सन्तोष आचार्यले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here