
काठमाडौं । ‘महापुरुष’ मुलुकको पहिलो ‘कार्बन तटस्थ’ फिल्म बनेको छ । प्रदर्शनको ५१ औं दिन मनाउन शनिबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले कार्वन उत्सर्जन कटौती गर्नेतर्फ फिल्मले महत्वपूर्ण वातावरणीय अध्याय थालेको बताए ।
फिल्म निर्माणको सुरुदेखि अन्त्यसम्म वीन्ड पावर नेपालले गरेको अध्ययनमा महापुरुषले ६.४१ टन कार्वन उत्सर्जन गरेको उल्लेख छ । ग्रीनहाउस ग्याँस (जीएचजी) प्रोटोकलअनुसार उक्त संस्थाले अध्ययन गरेको हो ।
यो उत्सर्जन बेलायतमा फिल्म निर्माण गर्दाको भन्दा ९० गुणाले कम रहेको अध्ययनमा संलग्न सम्राट पाठकले बताए । बेलायतमा एउटा फिल्म निर्माण गर्दा ६०० टन र हलिउडमा १८ सय टन कार्वन उत्सर्जन हुने तथ्य उनले प्रस्तुत गरे ।