मेचीनगरले तीन महिना भित्र ‘प्रथम जाति’ घोषणा गर्ने, प्रारम्भिक प्रस्तावमा मेचे जाति पहिलो सूचिमा


June 25, 2021 मा प्रकाशित

मेचीनगर, असार ११ ।। मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बसोवास गर्ने जातिहरु मध्ये आदिवासी जनजातिहरुको पहिचान गरी प्रथम जाति घोषणा गर्ने तयारी गरेको छ ।

विहीबारबाट सुरु नगरपालिकाको आठौँ नगर सभामा नगरप्रमुख विमल आचार्यले ‘प्रथम जाति’ घोषणा गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत गुर्नु भयो । मेचीनगर नगरपालिकाको सबै भन्दा पुरानो र प्रथम जातिका रुपमा तीन महिना भित्र पहिचान गरी घोषणा हुने नगर प्रमुख विमल आचार्यले बताउनु भयो । यसका लागि नगर सभाले कार्यपालिकालाई जिम्मेवारी प्रदान गरेको प्रमुख आचार्यले बिचारमञ्चलाई बताउनु भयो । प्रमुख आचार्यले भन्नु भयो,– “छिट्टै नगरभित्रका सरोकारवाला पक्ष, विज्ञ र जानकारीहरुसँगको छलफल, अध्यायन र परामर्श पछि निश्कर्षमा पुग्नेछौं ।”

यसका लागि आगामी बस्ने कार्यपालिकाको वैठकबाट “‘प्रथम जाति’ सम्बन्ध विषयमा टुंगो लगाउने र घोषणाको तयारी गरिने प्रस्ताव लगिने नगरप्रमुख आचार्यले बताउनु भयो ।
नगरप्रमुख आचार्यले विहिवार प्रस्तुत गरेको नीति तथा कार्यक्रमको ४० नम्बर बुँदामा भने नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने आदिवासीहरु मध्ये मेचे जातिलाई ‘प्रथम जाति’ घोषणा गरी सम्मान गरिने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here