
झापा, भदौं ११ । लागूऔषधसहित प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार झापा गाउँपालिका१ बिलाइतिबारीस्थित नेपाल–भारतको सीमा क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४७ प ७०४२ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो । प्रहरीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलको एयर फिल्टरभित्र लुकाएर ल्याएको ब्राउन सुगर ४४ ग्राम २८० मिलिग्राम फेला पारेको थयो ।
लागूऔषधसहित प्रहरीले मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका १० का २६ वर्षीय सुरेश धिमाल र उनीसँगै आएको को २१ प् १०४० नम्बरको मोटरसाइकल चालक गौरादह नगरपालिका ४ का २५ वर्षीय सन्देश लिम्बू र उक्त मोटरसाइकलको पछाडि सवार मोरङ उर्लाबारी नगरपालिका ७ बस्ने २७ वर्षीय बिनोद लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।