साढे ३ अर्ब बराबरको अलैँची निर्यात


December 24, 2024 मा प्रकाशित

झापा। चालु आर्थिक वर्षको ५ महिनामा साढे ३ अर्ब बराबरको अलैँची निर्यात भएको छ । २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ३ अर्ब ४५ करोड ७२ लाख ८४ हजार रुपैयाँ बराबरको २०७४८६५ किलो अलैँची निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

जसमध्ये सबैभन्दा ठुलो परिमाणमा भारत तर्फ निर्यात भएको छ । भारतमा ३ अर्ब ४५ करोड ६३ लाख ७४ हजार रुपैयाँ बराबरको २०७४५०० किलो अलैँची निर्यात भएको छ ।
यस्तै ७ लाख २० हजार रुपैयाँ बराबरको २४० किलो अलैँची फ्रान्स निर्यात भएको छ । यस्तै १ लाख ७३ हजार रुपैयाँ बराबरको ११० किलो अस्ट्रेलिया र ४४ हजार रुपैयाँको १५ किलो अलैँची स्वीजरल्याण्डमा निर्यात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here