सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदको विरोध


December 26, 2024 मा प्रकाशित

काठमाडौँ । अर्थ समितिका सांसद ज्ञानबहादुर शाहीले सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पारित भएकोप्रति विरोध जनाएका छन् । सांसद शाहीले उक्त विधेयकको सामान्य त्रुटि भन्ने शब्द हटाउन सांसदहरुले माग गर्दागर्दै समितिबाट हुबहु पारित भएको जनाएका छन् ।

‘सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभाबाट पारित विधायन व्यवस्थापन समितिको प्रतिवेदन बुँदा नम्बर ३ लाई झिकी विधेयको दफा ६ ले मूल ऐनको दफा ८ को सट्टा दफा ८ को उपदफा १ मा रहेको सामान्य त्रुटी भएता पनि भन्ने शब्दहरुको सटटा धितो सम्बन्धी सम्झौतामा फरक नपार्ने सामान्य त्रुटी भएतापनि भन्ने शब्दहरु राख्ने विषयमा समितिको बैठकमा धेरै संख्यामा सांसदहरुले सामान्य त्रुटि भन्ने शब्द झिक्नुपर्ने माग गर्दागर्दै तथा भोटिङको माग गर्दागर्दै समितिका सभापतिले उपस्थित रहेका सांसदहरुलाई भोटिङ नगरी हुबहु पास गरेकाले यो प्रजातन्त्र विरुद्धको कदम हो साथै अलोकतान्त्रिक भएको ठहर्छ’ विज्ञप्तिमा भनिएको छ ।

यो सामान्य त्रुटि भन्ने शब्द विधेयकमा राख्दा सत्ता र शक्ति भएकाहरुलाई फाइदा हुने तर गरिब दुःखी जनतालाई अन्याय हुने उनको भनाइ छ । ‘साथै न्यायको भिख माग्दै जनता मर्नुपर्ने हुन्छ,’ विज्ञप्तिमा भनेका छन्, ‘यो सिर्फ अदालतमा ठग्ने, न्यायमा तजबिज गर्ने माफियाहरुलाई फाइदा पुग्दछ ।’ बिहीबार अर्थ समितिबाट उक्त विधेयक पारित भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here